हिमाली आवाज । पोखराका वामपन्थी एवम् मानव अधिकारवादी नेता टेकनाथ बरालको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा आज उपचारका क्रममा ८४ वर्षको उमेरमा बरालको निधन भएको हो । बराल दम, मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । बरालको निधनले सम्पदा संरक्षणको आन्दोलन, मानव अधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाइ गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताउनुभयो ।
उहाँको शव बेलुकी ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिने र त्यसपछि शव यात्रासहित अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गिय बरालका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।