विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी रचनात्मक लेखन कार्यक्रम

हिमाली आवाज । ‘‘गुणस्तरीय शिक्षा,अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी रचनात्मक लेखन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मा.वि.तहमा कक्षा९ की अनिता बि.क. प्रथम, कक्षा १० का कृष श्रेष्ठ द्वितीय र कक्षा ९ की रीयाना कुँवर तृतीय हुनुभयो ।

यसैगरी आधारभुत (सिनियर) तर्फ कक्षा ७ का दिवस घिमिरे प्रथम, कक्षा ८ की प्रशंसा कार्की द्वितीय र कक्षा८ का श्रीष बुद्धाचार्य तृतीय हुनुभयो । आधारभुत (जुनियर) तर्फ कक्षा ५ की सृष्टिका कोइराला प्रथम, सोही कक्षाकी सबिता सुनार द्वितीय र कक्षा ४ का सिद्धान्त के.सी.तृतीय हुनुभयो ।

आधारभुततहकै (जुनियर) तर्फ कक्षा ३ का सखिम बास्तोला प्रथम, कक्षा २ का अंकितमन्ना द्वितीय र कक्षा ३ की अनुस्का पौडेलले तृतीय स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको बौद्धिक तथा तार्किक क्षमताको वृद्धि विकास हुन सहयोग पुग्ने बताउनुभयो । सो कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।

Comments
Loading...