समाजवादी मोर्चा गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी गायत्री गुरुङलाई

हिमाली आवाज । समाजवादी मोर्चा नेपाल गण्डकी प्रदेश संयोजन समितिको अध्यक्षमा गायत्री गुरुङ चयन हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्ष समेत रहनुभएकी गुरुङ मोर्चाको आलोपालो नेतृत्व अन्तर्गत पहिलो पालीमा अध्यक्षको जिम्मेवारी पाउनुभएको हो । मोर्चाको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत गर्ने निर्णय अनुसार गुरुङले जिम्मेवारी पाउनुभएको हो । उहाँ गण्डकी प्रदेशको निर्वतमान सांसद समेत हुनुहुन्छ ।

मोर्चाको प्रदेश समितिमा मोर्चामा आवद्ध चार वटै दलबाट तीन÷तीन जना रहने गरी संयोजन समिति गठन गरिएको हो । समितिमा माओवादीबाट अध्यक्ष गुरुङ सहित ज्ञानमान गैरे र जगन्नाथ खनाल हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहनुभएको छ । यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहनुभएको छ ।

Comments
Loading...