पोखराको कोन सहकारीले घोषणा गर्यो १६.३८ प्रतिशत लाभांश

हिमाली आवाज । पोखराको कुँडहरमा अवस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व.२०७९÷८० मा ८ करोड १४ लाख नाफा गरेको छ । यस वर्ष सहकारीले १६.३८ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।

सहकारीले यस आ.व.२०७९÷८० मा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारको आधारमा ऋणी सदस्यहरुलाई ३.७४% र बचतकर्ता सदस्यहरुलाई ३.२८% को दरले बोनस वितरण गरिने संस्थाका महाप्रवन्धक सुजता हमालले जानकारी दिनुभयो ।

सहकारीले यो अवधिमा ४ हजार १ सय ४४ जना सदस्य पु¥याएको छ । यस आ.व.२०७९÷८० मा संस्थाको शेयर पूँजी १८ करोड ६९ लाख ४६ हजार तीन सय, कुल बचत १ अर्ब ५३ करोड ४२ लाख तेतिस हजार एक सय र ऋण लगानी १ अर्ब ३५ करोड ५६ लाख तीस हजुार पाँच सय ४४ भएको हमालले भन्नुभयो ।

संस्थामा साधारण जगेडा कोष १७ करोड ६ लाख र अन्य कोषहरुको रकम ६ करोड १८ लाख, तरलता वित्तीय लगानी सहित ३६.९२% र कुल सम्पत्ति २ अर्ब ६ करोड ५५ लाख ७९ हजार ६ सय ८१ रहेको छ ।

सहकारीले अनलाइन मार्फत मोबाइल बैकिङ सेवा, खानेपानी र विजुलीको महशुल तिर्ने व्यवस्था र एसएमएस सेवा दिंदै सदस्यलाई सहजीकरण गर्दै आएको महाप्रवन्धक हमालले बताउनुभयो ।

यस संस्थाको यूनाइटेड रेफरेन्स ल्याबरेटरी प्रा.लि.संग भएको सम्झौता अनुसार यस संस्थाको सदस्यहरुले संस्थाको परिचयपत्रको आधारमा सबै प्रकारका परीक्षण सेवामा ३५% छुटको व्यवस्था गरिएको छ । सहकारीले आफ्ना सदस्यहरुलाई समय समयमा शिक्षा कार्यक्रम गरी सकारीको वारे जनचेता दिंदै आएको छ ।

आर्थिक कारोवार सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत टोलमा सरसफाई कार्यक्रम र हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको संस्थाका अधिकृत हेमा गुरुङले बताउनुभयो । शेयर सदस्यहरुलाई आइपरेका दुःखका दिनमा समवेदना र चाड पर्वमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको बताइन्छ ।

कोन गरिब तथा जेहेन्दार छात्रवृति कार्यक्रम अन्तर्गत भद्रकाली बहुमुखी क्याम्पसमा स्नात्तक तह अध्ययनरत जेहेन्दार विद्यार्थी मेनका मल र जस्मिना घलेलाई हालै छात्रवृति प्रदान गरेको छ ।

Comments
Loading...