नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

हिमाली आवाज । संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेकपा(एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । त्यसैगरी अन्त्येष्टिका दिन देशभर सार्वजनिक बिदा समेत दिइने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज  बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिनुभयो । नेम्वाङका दुबै छोरा विदेशमा भएकाले अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने बताइन्छ ।

हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।सोमबार राती १ बजेर ४० मिनेट जाँदा नेम्वाङको निधन भएको घोषणा गरिएको थियो।

Comments
Loading...