हिमाली आवाज । नमुना आमा समुह पोखरा महानगर पालिका वडा नं –६ बैदामको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको सम्पन्न साधारण सभामा जुना अधिकारीले रचना गरेको तीजको म्युजिक भिडियो “बुहारीको बेदना” छायाङकन गरिएको थियो । अनुप अधिकारी द्धारा निर्देशन गरिएको भिडियोमा एरेन्जर बिनोद रसाइली र स्वर अध्यक्ष जुना अधिकारीको छ ।
संस्थाको साधारणको उद्घाटन गर्दै प्रमुख अतिथि पर्यटन ब्यवसायी तथा सल्लाहकार नर्मला कडेलले वैदाममा रहेका १० वटा आमा समुहमध्य नमुना आमा समुह अरु भन्दा पृथक रहेको बताउनु भयो ।संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न सामाजिक कार्य गरेको उल्लेख गर्नुभयो ।
सल्लाहकार गोमा ढकालले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले वडा नं–६ लाई नेपालकै महत्वपूर्ण वडा बनाउने तर्फ आमाहरु एक भएर लाग्न आग्रह गर्नुभयो ।महिलाहरुले आफुलाई चुला चौकामात्र सिमित राख्न नहुनेमा जोड दिदै आर्थिक आर्जनका बाटोहरु रोज्न आग्रह गर्नुभयो।
संस्थाका सल्लाहकार लिलाधर अधिकारीले समाज नमुना आमा समुहले पुराएको योगदानको चर्चा गर्दै स्थानिय स्तरमा आमा समूहको भूमिका ठूलो रहेको बताउनुभयो ।
पत्रकार तथा सल्लाहाकार गणेश पहारीले समुहले आफना सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन समुहलाई सुझाब दिदै संचार क्षेत्र सधै समुहको साथमा रहेको बताउनुभयो।
अध्यक्ष जुना अधिकारीले समुहले आफ्नो क्षेत्र भित्र फोहोर मैलाब्यवस्थापन देखी कोभिड र डेङ्ग रोगको बारेका जनचेतना सहित प्रचा पम्प्लेट सहित घरदैलो गरेको स्मरण गर्नुभयो । यसका साथै सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा समुहलाई सहयोग गर्ने नर्मला कडेल, रेखा लामिछाने र दुर्गा पौडेललाई प्रमाण पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । अध्यक्ष जुना अधिकारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सकुन्तला अधिकारीले स्वागत गर्नुभयो । कार्यक्रममा निर्वमान अध्यक्ष अम्बिका अधिकारी, सदस्य पबित्रा कडेल र सुजता लामिछाने लगाएतका बक्ताहरुले आफ्ना भनाई राख्नुभयो ।
कार्यक्रममा सचिब अम्बिका पहारीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष हिरा तिमिल्सीनाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको छ ।