हिमाली आवाज । गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ मन्त्री शुसिला सिंखडाले समाज परिवर्तन गर्न मिजारको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।
मिजार समाज नेपालको आयोजनामा मिजार समाज नेपाल २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनलाई सम्बोधन गर्दै ।
उहाँले धेरै उत्पीडित जनसमुदाय युद्ध सहभागी भएको जानकारी दिदै युद्वले उत्पीडितको समस्या समाधान गरेको धारणा राख्नुभयो ।
समाज परिवर्तनको पक्षमा लागेको उपलब्धिको उद्हारण अहिले सदनमा दलित मात्र १३ प्रतिशत सदनमा रहेको जानकारी दिनुभयो।
दलितलाई संविधानले अधिकार सम्पन्न बनाएको आफ्नो अधिकारको रक्षा र बिकास गर्न आवस्यकता रहेको मन्त्री सिंम्खडाको भनाइ छ ।
आफ्नो व्यवस्था र अधिकार खोस्न खोजे यस्को बिरुद्धमा मिजारहरु उठ्नुपर्ने बताउनुभयो ।मिजार समाज कास्की उपाध्यक्ष उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कम्जोर रहेको बताउनुभयो ।