सुजुकीले दशैँ तिहारका लागि ल्यायो ‘पर्वोत्सव’ योजना

हिमाली आवाज । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंस अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आगामी दसैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ गण्डकी प्रदेशमा सुजुकी गाडीको आधिकारिक बिक्रेता पोखराको बतास ब्रदर्श रहेको छ । बतास ब्रदर्शका सुजुकी डिपार्टका म्यानेजर नवराज अधिकारीले गण्डकी प्रदेशका सबै सुजुकी शोरुमहरुमा अफर लागू भएको जानकारी दिनुभयो । उहाँका अनुसार सुजुकीका विभिन्न मोडेलका कारहरूमा फरक–फरक छुटहरू लागू हुने छ ।

Comments
Loading...