हिमाली आवाज । पोखरा आउँदै गरेको हेलिकप्टर आज साँझ दाङमा आकस्मिक अवतरण गरेको छ ।

हुम्लाबाट पोखरा आउँदै गरेको कैलास एयरको हेलिकप्टर पौने ७ बजेतिर खराब मौसमका कारण दाङको राप्ती गाउँपालिका २ लालमटिया स्थित आदर्श नमुना माध्यमिक विद्यालयको चौरमा अवतरण गरेको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार चालकसहित पाँच जना हेलिकप्टरमा सवार छन् । हुम्लाबाट यात्रुहरुले बुकिङ्ग गरेर पोखरा आएको बताइन्छ ।