सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट उमेश पुन पुरस्कृत

हिमाली आवाज । सहारा खेलकुद पत्रकारिता पुरस्कार—२०८० बाट पोखराका फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुभएको छ ।
क्लवको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई नगद २५ हजारसहित दोसल्ला र सम्मान पत्रबाट पुरस्कृत गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनलाई सम्मान गर्नुभयो । सहारा क्लब पोखराले वर्षेनी खेलकुद विधामा सक्रिया खेल पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

रजत जयन्तीको अवसरमा क्लवले सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा.नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी, पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ(मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङकङ तथा सहारा क्लब अष्ट्रेलिया लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लबले हालसम्म अक्षयकोषमा दुई करोड ८५ लाख रुपैयाँ पु¥याएको जनाएको छ । क्लबले सहारा बाल आधारभूत विद्यालयलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले अहिले सहारा एकेडेमीमा चौथो व्याचका ११ जना बालकहरुलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ जना बालकलाई गत चैतमा विदाई गरेको थियो ।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपलाई लिगकम नकाउटमा सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने जनाएको छ १३ औं अधिवेशनमा मुख्य एजेण्डाको रुपमा छलफल गरिने क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार एजेण्डालाई अधिवेशनले पास गरे आगामी वर्ष आर्थिक सहयोग जुटाई गोल्डकपलाई लिगमा सञ्चालन हुनेछ ।

Comments
Loading...