विशाल बजारका व्यवसायीका समस्या समाधान गरेरै छाड्छु :वडाध्यक्ष पराजुली

हिमाली आवाज । बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ कार्यालयबीच व्यवसायीका समस्या समाधानका उपायका बारेमा अन्तरक्रिया भएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडा भित्रका व्यवसायीलाई कसरी सहजीकरण गरेर व्यवसायीका विभिन्न समस्याहरूलाई समाधान गर्ने विषयमा आफु गम्भीर भएर लागेको बताउनुभयो । अध्यक्ष पराजुलीले भन्नुभयो,‘राज्यलाई कर तिरेर व्यवसाय गरिरहेका व्यसायीको दुःख, पिडा,मर्का बुझेको छु । देश निर्माणमा उद्योगी तथा व्यवसायीको ठुलो योगदान छ’।

अध्यक्ष पराजुलीले राज्यले वडा कार्यालयलाई दिएको अधिकारको सदुपयोग गर्दे आफुले व्यवसायीलाई घर वहाल कर लगाए अन्य समस्याहरूलाई समाधान गर्नको लागी आफु प्रतिवद्व भएर लाग्ने बताउनुभयो।

कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशव बहादुर खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी आफु सधै नै ब्यवसायीको साथमा रहेको बताउनुभयो ।

अहिले विश्व बजारमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउदै त्यसको असर पोखरामा पनि देखिएकोले अहिले व्यवसायीले दिइ राखेको घर भाडा रकम व्यवसायमा संकट आएकोले अव रकम बद्वि गरेर दिन नसकिने स्पष्ट पार्नुभयो ।
एशोसियसनका सल्लाहकार माधव सिग्देलले देशमा अहिले देखिएको आर्थिक मन्दीको विकराल रूपले गर्दा व्यवसायीलाई बाध्यातात्मक परिस्थिति सिर्जना नगर्न वडा कार्यालय तथा घरवेटीहरूलाई आग्रह गरेका गर्नुभयो ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव थमनसिह गुरूङ तथा कार्यक्रम सन्चालन महासचिव राजु केसीले गर्नुभयो ।

Comments
Loading...