पोखराको विन्ध्येश्वरी आदर्श स्कुलमा बाल दिवसमा विभिन्न कार्यक्रम

हिमाली आवाज । पोखराको विन्ध्येश्वरी आदर्श स्कुलमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘‘गुणस्तरीय शिक्षा,अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको विद्यालयले पूर्व प्राथमिक तह देखि मा.वि. तह सम्म बाल गीत तथा तिज गीत नृत्य प्रतियोगिता सम्पन्न गरियो । उक्त कार्यक्रममा ४० समूहका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

पूर्व प्रा.वि.तर्फबाट कक्षा १ ‘क’प्रथम र कक्षा यू.के.जी. ‘क’द्वितीय स्थान प्राप्त गरेका थिए । कक्षा २ देखि ५ तर्फबाट कक्षा ३ मा अध्ययनरत छात्रा दीया क्षेत्री प्रथम, कक्षा ५ मा अध्ययनरत छात्राहरु सबिता सुनार, सृष्टिका कोइराला, सुबदाना सुवेदी, सुजना परियार द्वितीय, कक्षा २ मा अध्ययनरत छात्रा दिप्सना बि.क. तृतीय र कक्षा४ मा अध्ययनरत छात्र आयन सुनारले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

यसैगरी कक्षा ६ देखि १० तर्फबाट कक्षा १० मा अध्ययनरत छात्राहरु सोनिमा गुरुङ, रीया साई, कृति गुरुङ, समिक्षा गुरुङ र रीस्ता बराईली प्रथम, कक्षा ६ मा अध्ययनरत छात्राहरु अंकिता पौडेल र अर्चना रत्न द्वितीय, कक्षा ९ मा अध्ययनरत छात्राहरु रीयाना कुँवर, सुजिता सुनार, प्रकृति पुन र साइना बुद्धाचार्य तृतीय र कक्षा ८ मा अध्ययनरत छात्राहरु आशिका देवकोटा, आरोशी देवकोटा, ग्रेस तामाङ र ममता गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले कार्यक्रमका विजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुका शैक्षिक, सामाजिक, व्यक्तिगत तथा बौद्धिक विकासमा सहयोग पु¥याउने बताउनुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा स्कुलका नृत्य शिक्षिका रन्जु बयलकोटी र सबिन गायक रहनुभएको थियो । कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।

Comments
Loading...