पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको रात्रिकालिन उडान शुरु

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एअरलाईन्सले आज बाट लागुहुनेगरी रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ ।
पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनी यती ले आज बाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो ।
रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान नँ एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः२० बजे उडान नँ एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारि दिनुभयो ।

आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने बताइन्छ । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।

Comments
Loading...