माछापुच्छ्रे गाउँपालिकाको विद्यालयहरुलाई निर्देशन :आन्दोलनका नाममा विद्यालय बन्द नगर्नु

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई निर्देशन दिँदै विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।

संघीय संसदमा प्रस्तुत शिक्षा विधेयकका विरुद्ध नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि गाउँपालिकाले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आज जारी गर्नुभएको सूचनामा विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न आग्रह गरिएको छ ।

गाउँपालिकाले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको हो । गाउँपालिकाले अनिश्चितकालिन विद्यालय बन्दको कार्यक्रमले बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकार बञ्चित पार्ने जनाएको छ ।

गाउँपालिकाले विद्यालय बन्द गर्न खोज्नु कानुन सम्मत नभएको र अशोभनिय भएकाले गाउँपालिका अन्र्गतका सामुदायिक विद्यालयहरुले पठनपाठनमा बाधा नपर्ने गरी रचनात्मक र सांकेतिक रुपमा माग राखी नियमित विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

Comments
Loading...