पोखरा–१४ मा एकैपटक १७ चौतारीको मर्मत सम्भार

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. १४ मा एकै पटक १७ वटा चौतारीहरुको मर्मत सम्भार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा विनियोजित रकम २२ लाख रुपैयाँको लागतमा सो कार्य गरिएको हो ।

नवौं संविधान दिवसको अवसर पारेर बुधबार वडाध्यक्ष बोधबहादुर कार्कीले मर्मत सम्भार गरिएका १७ वटै चौतारीको उद्घाटन गर्नुभयो ।
वडा कार्यालयद्वारा स्थानीय मोतीबहादुर बानियाको अध्यक्षतामा नौ सदस्यीय चौतारी निर्माण समिति गठन गरिएको थियो । साथै वडा सदस्य तनुजा थापा सिके, स्थानीय गोकर्ण कार्की र ललितबहादुर बानिया सदस्य रहेको अनुगमन समिति पनि गठन गरिएको थियो ।

समितिले वडाभित्र रहेका ऐतिहासिक चौतारीहरु मर्मत सम्भार गरि वडालाई हस्तान्तण गरेको थियो । चौतारो उद्घाटन गर्दै वडाध्यक्ष कार्कीले थोरै रकमले पनि धेरै चौतारीे मर्मत सम्भार  पोखरा महानगरका अन्य वडामा यस्ता कार्य नभएको भन्दै पोखरा १४ मा पहिलो पटक पृथक शैलीको काम भएको स्पष्ट पार्नुभयो ।

वडाध्यक्ष कार्कीले वडा भित्रका अन्य चौतारीहरु पनि यसै वर्ष पुनःनिर्माण गरिने बताउनुभयो ।कार्यक्रममा चौतारी निर्माण समितिका अध्यक्ष मोतीबहादुर बानियाले सबैको सहयोगका कारण समयमै काम सम्पन्न गर्न सकिएको बताउनुभयो ।

सो अवसरमा अनुगमन समितिका सदस्य ललितबहादुर बानियाले वडामा पहिलो पटक यस्तो कार्य हुनु निकै प्रशंसनीय भएको उल्लेख गर्नुभयो ।
चौतारी निर्माण समिति सचिवमा हरिकृष्ण कार्की, कोषाध्यक्ष रामचन्द्र केसी, सदस्यहरुमा उद्धवबहादुर कार्की,सरिता कार्की, ईश्वरी गुरुङ, मञ्जु कार्की, रामकृष्ण अधिकारी र राजकुमार भण्डारी रहनुभएको थियो ।

Comments
Loading...