विश्व पर्यटन दिवसमा फेवाकिनारबाट पुम्दीसम्म पदयात्रा

हिमाली आवाज । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आज पोखराको फेवाताल किनारा मार्कीदेखि पुम्दीसम्म पदयात्रा गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं २२ का पर्यटकीय गन्तव्यहरू मार्की–सिम्ले–पात्ले–पुम्दीसम्म फेवाताललाई आधार बनाएर गन्तव्य पहिचान, प्रवद्र्धन एवम् एक दिवशीय पदयात्रा कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुुभयो ।

पदयात्रा पछि आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका माध्यमबाट पर्यटकको बसाई लम्ब्याउन सकिने बताउनुुभयो । फेवातालको संरक्षण र उपयोगका लागि फेवाताल प्राधिकरण गठन गर्नुुपर्नेमा उहाँले जोड दिनुुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले राउन्ड फेवा, भ्युु फेवाको अवधारणका साथ फेवाताल र आसपासका गन्तव्यलाई प्रवद्र्धन र विकास गर्न खोजिएको बताउनुुभयो ।धेरै पदमार्गहरू हराउँदै गएका अवस्थामा नयाँ गन्तव्य र मार्गको पहिचान गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि सम्बद्ध सबैको सहकार्य आवश्यक भएको बताउनुुभयो । विश्व पर्यटन दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको उहाँले बताउनुुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण सचिव कुमानसिंह गुरुङले पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताउनुुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराई, टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य, सचिव तीर्थराज सुवेदी लगायतले बोल्नुुभएको थियो । पदयात्राका क्रममा प्लाष्टिकजन्य फोहोरहरू समेत संकलन गरिएको थियो ।

Comments
Loading...