स्थानीय यातायात प्रालिको अध्यक्षमा केदार पौडेल निर्वाचित

हिमाली आवाज । स्थानीय यातायात प्रालि पोखराको अध्यक्षमा पुनः केदार पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

पोखरामा आज सम्पन्न प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

सञ्चालक समिति सदस्यहरुमा तेज नारायण सुवेदी,सागर ढकाल, महेन्द्र श्रेष्ठ,अजयकुमार थापा,हेमन्त मल्ल, रामचन्द्र लामिछाने, सूर्यबहादुर ढकाल, रवि रानाभाट,विकास पौडेल,मेहरमान श्रेष्ठ,मनोजकुमार श्रेष्ठ र कुुमार केसी रहनुभएको छ ।

अधिवेशनको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उद्घाटन गर्नुभएको थियो । नयाँ सञ्चालक समितिको कार्यकाल आगामी चार वर्षको रहेको छ ।

Comments
Loading...