बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

हिमाली आवाज । स्याङजाको पुतलिबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा सहिन पुनःनिर्माण संगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो ।

मन्दिरको उद्घाटन गर्दै पुतलिबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहांसिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने बताउनुभयो ।

रेग्मीले मन्दिर सम्म आउने सडकको अवस्था अझैपनि दयनिय रहेको वताउदै उक्त सडक निर्माणमा नगरपाकिाले सहयोग गर्ने र संघ र प्रदेश सरकार संग समेत समन्वय गरी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्न आफु प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।

त्यस्तै अधिवक्ता विश्वराज मरासिनीले बहाकोट बासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बहाकोट बासीको गौरवको विषय भएको वताउदै स्याङजा जिल्लामा नया धार्मिक पर्यटकीय गन्तब्य थपिएको उल्लेख गर्नुभयो ।

पुतलिबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इम बहादुर सेनले सहयोगी हातबाट करोडौको लगानी गर्न सफल भएको वताउदै सहयोगी मनकै कारण बहाकोट कोटकालिका मन्दिर स्थापना भएको बताउनुभयो । बहाकोट संग मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तुपालाइ जोडेर पर्यटन प्रवद्र्धन संगै आर्थिक बिकासमा अगाडि बढ्ने सकिने उहाँको भनाई छ ।

मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताउनुभयो । सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको र आगामी दिनमा बाघ काटेको मूर्ति समेत बनाउने आफुहरुको योजना रहेको उहाँले बताउनुभयो ।

पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको सहयोगमा संकलित एक करोड एक लाख ३५ हजार ८ सय ८ रुपैया लागतमा बहाकोट कोट कालिका मन्दिर निर्माण सम्पन्न गरिएको आर्थिक संकलन संयोजक इन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।

Comments
Loading...