हिमाली आवाज । बाग्लुङबाट पोखराका लागि छुटेको यात्रुबाहक जीप खोलाले बगाएको छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गर्त पर्बतको कुश्मा नगरपालिका वडा नं ७ तमादीखोलामा आएको बाढीले आज साँझ ७ बजे ग१ ज ६२१३ नम्मरको टाटा सुमो जिप सहित तीन जना यात्रु बगाएको हो । जीपमा सबार ४ जना मध्ये चालक बसन्तबहादुर थापा लाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ ।
प्रहरीले हराएको सवारी सहित यात्रुहरूको खोजिकार्य भइरहेको जनाएको छ । प्रहरीका अनुसार जीप सहित सवार यात्रुहरू झण्डै ५ सय मिटरको दुरीसम्म भेटिएका छैनन् ।