पोखराको फुर्से खोलामा १४ वर्षीय क्षितिज मृत फेला

हिमाली आवाज । पोखराको फुर्से खोलामा एक किशोरको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ फुस्रेखोलामा विरौटा हनुमान टोल बस्ने १४ वर्षीय क्षितिज बस्यालको शव खोलामा अड्किएको अवस्थामा शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय व्यक्तिहरूले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय बैदामबााट गएको प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात् उक्त शव पोष्टमार्टमको लागि गण्डकी अस्पतालमा लगिएकामामा पछि सनाखत भएको थियो । मृतक बस्यालका बाबु आमा विदेश भएको र उनी ठूलीआमासंग बस्दै आएको बताइन्छ ।

Comments
Loading...