पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना,१४ यात्रु घाइते

हिमाली आवाज । पोखराबाट सुर्खेत जाँदै गरेको यात्रु बाहक बस आज विहान दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छन् ।
पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान ५ बजेतिर पूर्व–पश्चिम राजमार्गको दाङको बबईसोता पुलको साइडमा दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका ३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तिमध्ये दुई जनालाई सकुशल उद्दार गरिएको छ ।

Comments
Loading...