‘मर्दी हिमालका पायोनियर’ सुदिपको स्मृतिमा शैक्षिक सामाग्री वितरण

हिमाली आवाज । मर्दी हिमाल ट्रेक व्यावसाय तथा व्यवस्थापन समितीका संस्थापक अध्यक्ष स्व. सुदीप गौतमको स्मृतिमा प्रथम वार्षिकीमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

स्व. गौतमको परिवारको आयोजना तथा नेपाली कांग्रेस माछापुच्छ्रे गाँउपालिका वडा नं ९ को संयोजनमा भएको कार्यत्रममा माछापुच्छ्रे गाँउपालिका ९ नं वडामा रहेको सरस्वती आधारभुत विद्यायमा अध्यानरत एक सय ३० जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरिएको सोही वडाका वडाध्यक्ष राजेन्द्र क्षेत्रीले हिमाली आवाजलाई जानकारी दिनुभयो । स्व गौतम नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य समेत हुनुहुन्थ्यो ।

शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले स्व.सुदिप गौतमले शिक्षा,स्वास्थ्य,पर्यटन तथा राजनीति क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै गौतमले देखेका अधुरा सपना पूरा गर्नका निम्ती पार्टी सदा लागिरहने प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले गौतम सामाजिक रुपमा अत्यन्त क्रियाशील व्यक्ति भएको र उहाँको निधनले परिवारले मात्रै नभई सिंगो गाँउपालिकाले भावी अभिभावक गुमाएको बताउनुभयो ।

गाँउपालिकाले गौतमको जिवनी स्थानीय पाठ्यत्रममा राखेको,शालिक बनाउन आवश्यक बजेट विनियोजन गरेको तथा मर्दी हिमाल पदमार्गमा विद्युतीकरणको कार्य समेत प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, नेपाली काँग्रेस जिल्ला सभापति किशोरदत्त बराल तथा काँग्रेस माछापुच्छ्रेका सभापति विरेन्द्र गुरुङले स्व.गौतमले एक होनावार कर्मशिल युवा परिवार,नेपाली कांग्रेसले मात्रै नभई सिंगो कास्की जिल्लाको समेत एक नक्षेत्र भएकाले त्यस्तो गुमाउदाको पिडाँ कहिल्यै भुल्न नसकिने बताउनुभएको थियो ।

स्व गौतमका श्रीमति कविता अर्यालले पतीको सपना साकार पार्ने आफ्नो एक मात्र योजना रहेको बताउनुभयो ।गौतमका भाई प्रदिप गौतमले आफनो दाईको अधुरा सपनालाई पूरा गराउन आफु लागि रहेको र आगामी दिनमा दाईको सम्झनामा एक प्रतिष्ठान स्थापना गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा आधारभुत विद्यालय तथा मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले गौतम मर्दी हिमाल पदमार्गमा संस्थापक अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहदा गरेका कार्यहरुको प्रशंसा गर्दै अधुरा रहेका कार्यहरुको पुर्ण गराउन आफुले सहयोग गर्ने बताउनुभयो ।

गौतमको गत वर्ष मर्दी हिमाल ट्रेक अन्तर्गत पर्ने क्युँ(हाइक्याम्प) मा भीरबाट लडेर निधन भएको थियो । मर्दी हिमालको पर्यटन प्रर्वद्दन,सिधिङ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका साथै विभिन्न विद्यालयमा आर्थिक तथा भौतिक सहयोग विकासमा गौतमले ठूलो योगदान गर्नुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति युवराज कुँवर,गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, महासमिति सदस्य तथा गाउँपालिकाका  उपाध्यक्ष सीता अधिकारी, जिल्ला सचिव भानु ढकाल,सहसचिव शंकर ढुङ्गाना,नविन सिग्देल,क्षेत्रीय सचिव मेख तामाङ,लक्ष्मी पौडेल सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी महाधिवेशन प्रतिनिधि बिष्णु बहादुर क्षेत्री,नेपाल महिला संघ कास्की जिल्ला अध्यक्ष मिना पण्डे,महाधिवेशन प्रतिनिधी तथा नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष जुना जिसी, लगाएत माछापुच्छ्रे गाँउपालिका १,३,५,८,९ वडाका अध्यक्षहरु,वडा सदस्य रामहरी गुरुङ,जिल्ला सदस्य बिष्णु बहादुर क्षेत्री,पुर्व महाधिवेशन प्रतिनिधी मन बहादुर विश्वकर्मा,युवा नेता राजाराम पौडेल,पोखरा लायन्स क्लव माउण्टेन सिटीका डोलराज पोख्रेल,माछापुच्छ्रे नमुना पैदल मार्गका सचिव तथा पर्यटन व्यावसायी कुल प्रसाद अधिकारी लगाएत मर्दी हिमाल पर्यटन व्यावसायी तथा व्यावसाय पर्यटनकर्मीहरु लगाएत सिधिङबासीको सहभागितामा कार्यक्रम भएको हो ।

 

Comments
Loading...