इजरायलमा हमासले गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि

हिमाली आवाज । इजरायलमा भएको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको बताइन्छ । हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।

शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Comments
Loading...