हिमाली आवाज । नेपाल एयरलाइन्सको जहाज युद्धग्रष्त मुलुक इजरायलबाट नेपालीहरुलाई उद्धार गरी काठमाडौं फर्कंदै छ । जहाज केहीबेर अघि इजरायलबाट २५३ जना नेपालीलाई लिएर काठमाडौँका लागि उडेको हो ।

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले उद्धार गरी ल्याउन लागेको हो । सरकारले बिहीबार बिहान नेपालीको उद्धारका लागि जहाज इजरायल पठाएको थियो ।
उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरन जहाजमा जानुभएको थियो । शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीले उद्धार गर्न सरकारसँग अनुरोध गरेका थिए ।