पोखराको सुनगाभा बचत सहकारीको १४ औँ साधारणसभा

हिमाली आवाज । समुन्नतिका लागि सहकारीको नारा सहित  पोखरा महानगरपालिका वडा नं १८ सेदीबगरमा रहेको सुनगामा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

सोही वडाका वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले साधारणसभाको उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले सहकारी क्षेत्रमा समस्या आउन नदिन सञ्चालक, कर्मचारी तथा शेयर सदस्य सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्र देशको समृद्धिको आधार रहेकाले यसलाई नियमन र व्यवस्थापनको खाँचो रहेको वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान वडाध्यक्ष रण बहादुर थापा, प्रभात आधारभुत बिधालयका प्रधानाध्यापक आशिस तिमिल्सिना, बङलादी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुमाया न्यौपाने,सर्वहित बचत तथा ऋण समिति का अध्यक्ष शिव थापा, नेपाल रेडक्रस सोसाईटी पोखरा— १८ का अध्यक्ष सूर्य तिमिल्सिना, ह्यापिटोल बिकास संस्थाका अध्यक्ष महेन्द्र गोपाल थापा, छहदि आमा समूह पोखरा—१८ का अध्यक्ष पशुपति थापा लगायतले सहकारी संस्थाले शेयर सदस्यको हितमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

संस्थाका उपाध्यक्ष पार्वती कोइालाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण थापा तथा सहकारी सात सिद्धान्त बाचन संस्थाका प्रवन्धक सरिता सिग्देलले गर्नुभएको थियो ।

सुनगाभा सहकारीमा तीन सय ८५ जना शेयर सदस्य छन् । त्यसैगरी संस्थाको शेयर पूँजी रु २ करोड २० लाख र लगानी रु ५ करोड ८५ लाख रहेको छ । सहकारीको स्थापना विसं २०६६ मा भएको हो ।

Comments
Loading...