हिमाली आवाज । आदर्श बचत तथा ऋण सहकारी संस्था लि . पोखरा १३ आर्वाको १६औ वार्षिक साधारणसभा आईतबार आर्वामा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले सहकारीले बिशेषगरी छरिएर रहेको पुँजीलाई एकीकृत गरी उत्पादनमुखी काममा लगाउनु पर्ने बताउनुभयो । उहाँले वडा कार्यालयले सहकारीहरू संग सहकार्य गर्दै उद्यमशीलता र स्थानीय उत्पादनलाई जोड दिन तत्पर रहेको उल्लेख गर्नुभयो ।
आदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राजेन्द्र प्रसाद बराल को अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष, कृष्ण प्रसाद बराल, सहकारीका सल्लाहकार रामशरण बराल, श्री मोहरपानी आदर्श टोल बिकाश संस्था पोखरा १३ आर्वाका अध्यक्ष पत्रकार श्रीराम सिग्देल, शेयर सदस्यहरु कोपीला बराल, सुमित्रा बराल, तारा बराल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो ।

साधारणसभामा अध्यक्ष राजेन्द्र प्रसाद बराल द्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, सचिव सुर्य प्रसाद बराल द्वारा प्रस्तुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष बसन्तराज बराल द्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक कृष्णराज बराल द्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो।
साधारणसभामा हरेक बर्ष सहकारीले प्रदान गर्दै आएको उत्कृष्ट ऋणी पुरस्कार यस वर्ष भोजराज बराल,उत्कृष्ट बचतकर्ता बिष्णु प्रसाद सुवेदी, उत्कृष्ट कर्मचारी बिष्णु कुमारी पौडेल तथा कक्षा १२मा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने शेयर सदस्यका छोराछोरी मध्ये यस वर्ष अजय बराल र सुजित सुवेदीलाई नगद पुरस्कार, तथा सम्मान पत्र सहित सम्मानित गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव सूर्य प्रसाद बराल तथा सहकारीका ऋृण समिति संयोजक यज्ञ प्रसाद बरालले सम्युक्त रुपमा गर्नुभयो ।
यसैविच सहकारीले वार्षिक साधारण सभाका अवसरमा आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आज बिहान आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३३युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक सहकारीका ऋण परिचालन समितिका संयोजक यज्ञ प्रसाद बरालले जानकारी दिनुभयो ।
पहिलो रक्तदाता सुमन अधिकारीलाई सहकारीका अध्यक्ष बरालले ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरेको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो । सो अवसरमा रक्त सञ्चार केन्द्र पोखराका प्रतिनिधि यमुना के सीले रक्तदानका विविध बिषय बारे प्रकाश पारेकी पार्नुभयो ।