हिमाली आवाज । पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको प्रांगण गुल्जार थियो । विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरिरहेका थिए ।
लेकसिटीले दसैंँतिहारको छेकोमा विद्यार्थीलाई सैद्धान्तिक शिक्षा सँगसँगै व्यावहारिक ज्ञान समेत बढाउने हेतुले शनिबार लेकसिटी कार्निभल आयोजना गरेको कलेजका भाइस प्रिन्सिपल आमोद कोइरालाले बताउनुभयो ।
बिबिएस चौथो वर्षमा अध्ययनरत प्रीति गुरुङले स्टलमा पपकर्न र ससेज, आलु लगायत फास्ट फुडका परिकार राख्नुभयो । यसरी, स्टलमा बसेर व्यापार गर्दा गुरुङले नौलो अनुभव बन्यो । नयाँ नयाँ मान्छेसँग कसरी कुराकानी गर्ने, कसरी फेस गर्ने? थाहा भयो, प्रीतिले सुनाउनुभयो ।

दिनभरको कलेक्सन जम्मा भइसकेको थिएन । प्रीतिले सरदर ३÷४ हजारको व्यापार गर्नुभयो । किताबमा पढेको कुरा व्यवहारमा लागू गर्न पाउँदा प्रीति उत्साहित हुनुहुन्थ्यो । बिएस ड्ब्लु दोस्रो वर्ष पढ्दै गरेका तेन्जिङको स्टलमा पनि फास्ट फुड आइटम थिए । तेन्जिङले पनि लाफिङ बिक्री गरेर प्रितीले जस्तै फरक अनुभव गर्नुभयो । कलेज तेन्जिङ कार्निभलमा आएका नयाँ पाहुनासँग ठट्यौली पारामा प्रस्तुत भइरहनुभएको थियो ।
नजिककै स्टलमा बबल टी, कफी र लस्सीको स्टल राखेका अनुपम पोखरेल पनि लेकसिटी कार्निभलमा उत्साहित देखिनुभयो । पोखरेल पोखरा ट्रेड मलमा ४ वर्ष यता व्यापार गरिरहनुभएको छ तर, कलेजको माहोलमा थप उत्साहित भएको भनाई राख्नुभयो । ‘कलेजमा यसरी सबैजना हुँदा रमाइलो लागिरहेको छ । ट्रेड महलमा पनि ग्याजेट सप चलाइरहेको छु । अहिले दुई महिना जति भयो, कफी सप पनि चलाइरहेको छु,’ उहाँले भन्नुभयो । पोखरेल बिबिएस चौँथो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
कलेज मेलामा रन्जु गुरुङ र स्वस्तिका लामाले क्याराओक ल्याउनुभएको थियो । दुवै साथी मिलेर नयाँ टेस्ट हुन्छ भनेर क्याराओक ल्याएको बताउनुभयो। क्याराओकमा कुनै पनि गीतको लिरिक्स हेर्दै गीत गाउन पाइन्छ । १० मिनेट गीत गाएको १०० रूपैयाँका दरले शुल्क लिएको रञ्जु गुरुङले बताउनुभयो । कलेजमा नयाँ टेस्ट ल्याउँदा उत्साहित भएको उहाँले सुनाउनुभयो।
बगरबाट कलेज कार्निभलमा आएका पुरुषोत्तम मानन्धर र राधा मानन्धरले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिएकोमा खुसी व्यक्त गर्नुभयो । ‘ठिकै लागिरहेको छ । विद्यार्थीलाई नयाँ नयाँ प्रयोग गराइरहेको छ,’ पुरुषोत्तमले भन्नुभयो ।