हिमाली आवाज । कस्केली अधिकृत समाजले विजयादशी, दिपावली, छठ लगायतका चाडपर्वका अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा समाजका सल्लाहकार एवम् विभिन्न कार्यालयका प्रमुख एवम् अधिकृतहरूले सांस्कृतिक महत्व बोकेका हाम्रा चाडपर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
देशमा विद्यमान अस्थिरताको अन्त्य हुँदै युवाहरूको बढ्दो विदेश पलायन रोकिने तथा विदेशमा रही अलपत्र रहेका एवम् समस्यामा परेका नेपालीहरूको सहज रुपमा स्वदेश फर्कने वातावरण तयार होस् भन्दै उक्त अवसरमा कामना समेत गरिएको थियो ।

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लोकनाथ दवाडीले गर्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष एवम् समाजका सल्लाहकार दुर्गाबहादुर शाह ‘बाबा’, सल्लाहकारहरू शिवप्रसाद पराजुली, कृष्णकान्त सिग्देल, प्रेमप्रकाश गौतम, भगवान पन्त,, शिवहरि शर्मा, ऋषिराम लामिछाने, विष्णुप्रसाद बराल, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सहभागी सम्पूर्णले पुष्पसहितको जलघडा हातहातमा लिएर शुभकामना आदानप्रदान गर्नुभएको थियो ।