सशस्त्र प्रहरीद्धारा सीमावर्ती क्षेत्रका वडा अध्यक्षहरूसँग अन्तरक्रिया

हिमाली आवाज । सशस्त्र प्रहरी बल, नं. ४ मुक्तिनाथ बाहिनी पोखराले सशस्त्र प्रहरी बल, नेपालको “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रमको अवधारणा अनुरुप आज गण्डकी प्रदेशका सीमावर्ती क्षेत्रका वडा अध्यक्षहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

मुक्तिनाथ बाहिनी पोखराका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले गण्डकी प्रदेशका चारवटा सीमावर्ती जिल्लाका वडा अध्यक्षहरूसँग प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट विजयादशमी २०८० को शुभकामना आदनप्रदान तथा सीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया गर्नुभएको हो । गण्डकीमा मुस्ताङ, गोरखा, नवलपुर र मनाङ चार वटा जिल्ला सीमावर्ती जिल्ला हुन् ।

सशस्त्र प्रहरीमै नयाँ अभ्यासको रुपमा प्रथम पटक थालनी गरिएको अन्तरक्रियामा सीमावर्ती क्षेत्रस्थित सशस्त्र प्रहरी यूनिटका प्रमुखहरू तथा वडा अध्यक्षहरू भर्चुअल माध्यमबाट सहभागी बन्नुुभएको थियो । मुस्ताङबाट जनप्रतिनिधिहरू प्रत्यक्षरुपमा नै बाहिनीमा उपस्थित भई सहभागी बन्नुुभएको थियो ।

सीमा सम्बन्धी विविध विषयमा गरिएको छलफल उपलब्धिमूलक रहेको तथा आगामी दिनमा समेत यसलाई निरन्तरता दिईने बाहिनीपति धौवजीले जानकारी दिनुुभयो ।

Comments
Loading...