हिमाली आवाज । पोखरा महानगरपालिकाले बिहीबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ ।
नेपालीहरुको ठूूलो चाडदशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुुगमन टोलीले चार वटा पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले ६५हजार रुपैयाँ जरिवाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुु जन्य र खाद्य सामाग्री नष्ट गरिएको छ ।
अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुुड् एण्डमार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट, पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरिएको छ भने पोखरा–१७ कै इम्ररानफ्रेस हाउसलाई नगद५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुुगमन टोलीले अनुुगमनकै क्रममा जरीवाना गरेको जिल्ला प्रशासन कार्यालयमा शुक्रबारै उपस्थित हुन लिखित निर्देशन समेत दिएको छ ।
पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसले मासु, फलफूल, तरकारी, दुुग्धजन्य वस्तुु एकै फ्रिजमा राखेर बिक्री गरेको तथा म्याद गुुज्रेका सामान फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको महानगर सहकारी तथाउद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

उक्त पसलबाट राजमा साँढे चार केजी, कुुखुराको मासु नौ किलो छ सय ग्राम, प्रराउण्ड नौ सय ग्राम, ससेज चार प्याकेट, च्याउ लगायतका ६हजार रुपैयाँ बराबरको मासु जन्य र खाद्य सामाग्री नष्ट गरिएको छ ।
यता पोखरा–६ मा सञ्चालनमा रहेको पोखरा मिटमार्टमा लेबल नखुलेको बटटराई चरा तथा बंगुरको मासु प्याकिङ गरेको र अन्य सामाग्रीसंगै फ्रिजमा राखेको भेटिएको, नापतौलमा किला काटा दर्ता नगरेको, पोखरा महानगरमा पनि दर्ता नभएको, आन्तरीक राजस्व कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता नगरेको, बहाल कर समेत नतिरेको फेला परेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम २० हजार रुपैयाँ जरिवना गरिएको छ ।उक्त पसलबाट बटटाई चराको सात प्याकेट म्याद उल्लेख नगरेको मासु र बंगुुरको मासु एक केजी नष्ट गरिएको छ ।
अनुुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका संयोजक नारायण ढकाल, पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुुन्दप्रसाद पौडेल, गुणस्तर तथा नाप तौलका प्रतिनिधि विपिन पुरी, महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी,पशु चिकित्सक सगुन बराल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा रहनुभएको थियो ।