माछापुच्छ्रेका न्जिनियर/आर्किटेक्टहरुको भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका इन्जिनियर र आर्किटेक्ट ग्रुपको आयोजनामा विजयादशमी, दीपावाली लगायतका चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका विभिन्न वडामा कार्यरत साथै सम्बन्धित विषयमा अध्यनरत इन्जिनियर र आर्किटेक्टहरुको सहभागिता रहेको थियो । भेलामा ४० जनाको सहभागिता थियो ।

माछापुच्छ«े गाउँपालिकाको स्रोतलाई कसरी गाउँपालिकाको विकासमा प्रयोग गर्न सकिन्छ भन्ने उद्धेश्यले आफूहरु संगठित रुपमा अघि बढ्ने इन्जिीनियर शिव दाहालले बताउनुभयो । उ

हाँले भन्नुभयो,“ माछापुच्छ्रेको विकासमा हाम्रो सीप र क्षमतालाई उपयोग गर्न चाहन्छौँ । यहाँको साधन स्रोतको वैज्ञानिका उपयोग गर्दै विकासमा अघि बढाउँदै इन्जिनियरहरुकेो हक हितका लागि सहयोग आदान प्रदान गर्ने उद्धेश्यले संगठित बनेका हौँ ।”

माछापुच्छ्रेमा विभिन्न समयमा काम गरेका, अध्ययन गरेका र हाल विभिन्न स्थानमा रहेका गरी २०० हाराहारीमा इन्जिनियर तथा आर्किटेक्टह रहेको बताइन्छ । अहिले तथ्यांक संकलन सुरु गरिएको दाहालले बताउनुभयो ।

Comments
Loading...