हिमाली आवाज । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हिमाल र हिमनदीहरुलाई जोगाउनुपर्ने बताउनुभएको छ ।
पोखरा विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त भनाई राख्दै उहाँले जलवायु परिर्वतनबाट नेपालले भोगेको समस्या समाधान गर्न नेपालाई समर्थन गर्न विश्व समुदायलाई आग्रह गर्नुभयो ।

महासचिव गुटेरेसले पोखरामा पाएको अद्भुत आतिथ्यताको लागि गहिरो कृतज्ञता समेत व्यक्त गर्नुभएको छ । आफ्नो नेपाल भ्रमणको उद्धेश्य प्रकृति विरुद्धको युद्ध रोक्नका लागि विश्वलाई स्पष्ट सन्देश रहेको उहाँले बताउनुभयो ।
महासचिव गुटेरेसले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने अन्य देशहरूलाई समर्थन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।