हिमाली आवाज । कास्कीको प्रख्यात अन्नपूर्ण बेसक्याम्पमा लेक लागेर एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिनुभएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुँगानाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुटेरेसको भ्रमण सकिएपछि ढुँगाना आज विहान बिहान पैदल मार्ग हुँदै पोखरा फर्किने क्रममा विहान ७ः१५ बजेको समयमा अचानक श्वास प्रश्वासमा समस्या आाएपछि उहाँलाई विहान ९ बजे हेलिकोप्टर मार्फत उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याईएको थियो ।
उपचारमा संलग्न चिकित्सकले ढुँगानालाई मृत घोषणा गरेका थिए । ढुँगाना सुरक्षाका लागि कात्तिक ११ गते बेसक्याप प्रश्थान गर्नुभएको थियो । पर्वत निवासी उहाँ घान्द्रुक प्रहरी चौकीमा कार्यरत हुनुहुन्थ्यो ।