हिमाली आवाज । गएराति जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पमा परी हालसम्म ५० भन्दा बढीको ज्यान गएको हो ।

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्थानीय प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुका अनुसार अहिलेसम्म यो संख्या पुष्टि भएको हो ।रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भन्नुभयो, ‘अहिलेसम्म २० जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’ भुकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र रुकुम पश्चिममा भएको छ ।