भुकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिँहको मृत्यु

हिमाली आवाज । गएराति जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पमा परी जाजरकोट नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिँहको मृत्यु भएको छ ।

सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो’ । उपप्रमुख सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

Comments
Loading...