हिमाली आवाज । पोखरा आउँदै गरेको यात्रुबाहक बस आज विहान तनहुँमा दुर्घटना भएको छ ।

डुम्रेबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बस तनहुँको व्यास नगरपालिका वडा नं १२ देउरालीमा बस दुर्घटना हुँदा यात्रुहरु घाइते भएका छन् । बस सडकमा अनियन्त्रित भइ पल्टिएको बताइन्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।