हिमाली आवाज । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी कास्कीले राहत पठाएको छ ।
रेडक्रसको आइतबार बसेको पदाधिकारीको बैठकको निर्णय अनुसार दुबै जिल्लाका प्रभावितको लागि रु एक÷एक लाखको दरले राहत पठाइएको मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा तथा रुकुम पश्चिम शाखा मार्फत राहत पठाइएको हो ।

सोसाइटीका कार्यवाहक सभापति धर्मराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेडक्रसको आधारभूत सिद्धान्त, मूल्य र मान्यता आधारमा भूकम्प प्रभावितहरुको लागि आवश्यक सहयोगको लागि जुट्न रेडक्रसका उपशाखा तथा निकाय, स्वयंसेवक तथा कर्मचारीलाई अपिल समेत गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित समुदायको खोज, उद्दार तथा राहत जुट्न रेडक्रसका सबै निकायलाई आग्रह गरेको छ ।