हिमाली आवाज । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को सदस्यमा पोखराका सुरेश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । श्रेष्ठ गण्डकी प्रदेशबाट प्रतिनिधित्व हुने गरी परिषद्को बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । गत कात्तिक १६ गते नेपाल सरकार मन्त्रिपरिषद्ले श्रेष्ठलाई परिषद् सदस्यमा नियुक्तीको निर्णय गरेको हो ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ प्रमाणिकरण भए पनि करिव एक वर्ष पछि मात्र परिषद्को गठन गरिएको हो । परिषद्मा नियुक्त श्रेष्ठ पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशमा अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँ नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)को केन्द्रीय महासचिव समेत हुनुहुन्छ । सरकारले परिषद्मा नियुक्ति गरेपछि उहाँले पशु स्वास्थ्यका क्षेत्रमा अझ बढी जिम्मेवार भएर काम गर्ने बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो,“ म लामो समयदेखी लाइभस्टक क्षेत्रमा काम गरिरहेको छ । सरकारले पशु सेवा व्यवसायी परिषद्मा नियुक्त गरेकाले अत्यन्त खुशी छ ।नेपालको पशुपालन क्षेत्रको विकास र पशु स्वास्थ्यका क्षेत्रमा जिम्मेवार भएर सक्दो काम गर्नेछु ।” परिषद्मा अध्यक्ष, उपाध्यक्ष र सदस्य गरी १९ जना रहने व्यवस्था छ ।