हिमाली आवाज । पोखरामा नेपाल संवत(नयाँवर्ष) ११४४ लाई भिन्तुना ¥याली सहित भव्य स्वागतको तयारी गरिएको छ ।
नेवा खल : कास्कीले मौलिक तथा राष्ट्रिय संवतका अवसरमा बजारका विभिन्न क्षेत्रमा जातीय सास्कृतिक पोशाक सहित ¥याली निकाल्ने तयारी सुरु गरेको हो ।
दीपावली अन्तर्गत नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक बर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना भिन्तुना ¥याली निकाल्न लागिएको हो ।
नेपाल संम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्ने तथा आपसी भाइचाराको विकास गरी आत्मीयता कायम गर्ने उद्देश्य राखिएको छ ।
म्हपूजाको अवसरमा यही कार्तिक २८ गते पोखराका विभिन्न स्थलहरुमा पुगेर ¥याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो । उहाँका अनुसार सो दिन विहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ ।
त्यसपछि कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायहरुको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना ¥याली निकालिने छ ।
पृथ्वीचोकबाट सुरु हुने उक्त ¥याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिने अध्यक्ष पालिखेले जानकारी दिनुभयो ।
पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार गर्ने उद्देश्यले ¥याली आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
¥यालीमा उत्कृष्ट हुने समुहहरुमध्ये प्रथम हुनेलाई रु २५ हजार, द्धित्तीय हुनेलाई रु सात हजार र तृतीय तथा सान्त्वना हुने समुहलाई नगद रु रु पाँच हजारका दरले पुरस्कारको समेत व्यवस्था गरिएको नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिनुभयो ।नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल संवत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् ।
साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत चलाएका हुन् ।
सरकारले नेपाल सम्बतका प्रबद्र्धक साख्वालाई विवसं २०५५ सालमा राष्ट्रिय विभूती घोषणा गरेको थियो ।