हिमाली आवाज । सर्भेयर्स सेवामा कार्यरत प्राविधिकहरु को संस्था सर्भेयस सोसाइटी कास्कीको अध्यक्षमा इन्जिनियर दिनेस लामिछाने निर्वाचित हुनुभएको छ ।
समितिको पोखरामा सम्पन्न दोस्रो अधिवेशनले लामिछानेको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा झलकनाथ गौतम, सचिव इन्जिनियर शोभा आचार्य, सहसचिव शिवशोभा खड्का र कोषाध्यक्षमा ऋषि थापा चुनिनुभयो ।
यसैगरी सदस्यहरुमा रविन भट्टराई , नारायण भण्डारी , बलराम घिमिरे , बसन्त केशब भण्डारी , दिवाकर सुवेदी , सीता कार्की ,विश्वमणी अधिकारी र बिष्णु प्रसाद अधिकारी हुनुहुनछ ।

विसं २०७६ मा स्थापित संस्थाले जग्गाको नापी नक्सा व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति उत्पादन,तालिम सहित सामाजिक कार्यहरु गदै आएको नवनिर्वाचित अध्यक्ष लामिछानेले बताउनुभयो ।
साधारण सभाको उद्घाटन गर्दैै नेपाल सरकारका पूर्वसचिव बाबुराम आर्चायले देशको सम्वृद्धि जग्गाको उचित ब्यवस्थापन बाट हुने हुदा दक्ष प्राविधिकले ब्यवस्थापनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष गंगालाल पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भरतराज आचार्य , नापी अधिकृत सुवास भण्डारी , प्रा. कृष्ण प्रशाद भण्डारी , इन्जिनियर उमेश भुर्तेल पुर्व नापी अधिकृत इद्र बाहदुर थापा , लगायतले नापी ब्यवस्थापन संम्बन्धमा भनाई राख्नुभयो ।