माछा मार्ने क्रममा करेन्ट लाग्दा पोखरामा दुई जनाको मृत्यु

हिमाली आवाज । पोखरामा सोमबार साँझ माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका—२९ पटनेरी स्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नको लागि करेन्ट लगाउने क्रममा करेन्ट लागि मुस्ताङको जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उहाँका श्रीमति ४६ वर्षीया सवित्रि सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट दुबै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एव प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो ।

Comments
Loading...