श्रीवृद्धि सहकारीको नवनिर्मित भवन उद्घाटन, सार्वजनिक शौचालय सञ्चालनमा

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १० मा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाकै अवसरमा संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । पोखरा—१२ मा संस्थाले आफ्नो भव्य कार्यालय भवन निर्माण गरेको हो । प्रतिनिधिसभाका सासद मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बेदबहादुर गुरुङ, प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

त्यसैगरी सहकारीले आफ्नो शौचालयलाई सर्वसाधारणका लागि निःशुल्क खुला गरेको छ । पोखरा महानगरपालिकाको योजना अनुसार सार्वजनिक शौचालय शुभारम्भ गरिएको हो ।

साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद मनबहादुर गुरुङले सहकारी क्षेत्रलाई व्यवस्थित अघि बढाउन सञ्चालक समिति र शेयर सदस्यहरुको ठूलो भूमिका हुने बताउनुभयो । विकेन्द्रीकृत पूँजीलाई केन्द्रीकृत गरी स्वावलम्वन बन्दै सहकारी क्षेत्रलाई अघि बढाउँदै सरकारको तीन खम्बे नीति अनुसार सहकारी अघि बढ्नुपर्ने र निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद शिव नेपालीले सहकारी संस्थाहरुले जनताको बचत सुरक्षित गर्नुपर्ने र कुनै समस्या नआउने गरी सहकारी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

श्रीवृद्धि सहकारी संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले संस्थाको गुणस्तरीयतालाई उचाईमा पुग्नका लागि पूँजी र कारोबार वृद्धिका प्रयासलाई तीव्रताका साथ अघि बढाइएको बताउनुभयो । शेयर पूँजी वृद्धि, निक्षेप संकलनका लागि प्रभावकारी खाता सञ्चालन, ऋण असुली प्रक्रिया थप प्रभावकारी, संस्थाका शेयर सदस्य तथा कर्मचारीको ज्ञान, सीप, अनुभव र क्षमता वृद्धिका कार्यक्रम सञ्चालनको योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो,“सम्पूर्ण शेयर सदस्यहरुलाई पनि आफ्नो सहकारीको अपनत्व महसुस हुेन गरी सहकारीका क्रियाकलाप अघि बढाएका छौँ । पछिल्लो समय केही सहकारीले आफ्नो कारोबार बिगारेका कारण सहकारीप्रति जनविश्वास कम हुँदै गइरहेको अवस्थामा पनि हामी हाम्रो संस्थालाई अवतरण गराउन सफल भएका छौँ । ”

ढिकालेथर महिला बचत सहकारीका अध्यक्ष सिर्जना आचार्य सिग्देलले कुनै एक सहकारीका संचालकले गरेको बदमासीले गर्दा समग्र सहकारी र राम्रो काम गर्नेहरुलाई समेत असर परेको बताउनुभयो । बचतकर्ता तथा ऋणिहरुले बजार हल्लाको पछि नलागि कारोबार गरेमा सहकारीमा समस्या नआउने आचार्यले उल्लेख गर्नुभयो ।

कार्यक्रममा कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष प्राडा कृष्ण केसी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा वुद्धिबहादुर थापा, रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चाँदनी हमाल, सुनौलो भविष्य महिला सहकारी संस्थाका संस्थापक सल्लाहाकार अनिता तिमिलिल्सना लगायतले श्रीवृद्धि सहकारीले आफ्नै कार्यालय भवन निर्माण गरेकामा कारोबार सञ्चालनमा सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा स्वागत संस्थाका उपाध्यक्ष कृष्णप्रसाद गौतम(धैर्य), सञ्चालन कार्यबाहक सचिव तथा कोषाध्यक्ष रुद्रनाथ अधिकारी र सहकारीका सात सिद्धान्त बाचन सञ्चालक समिति सदस्य डा विनिता कोइराला शर्माले गर्नुभएको सहकारीका कार्यालय प्रमुख दुर्गाप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

Comments
Loading...