हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं २७ मा गरीब तथा विपन्नहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।
वडा कार्यालयले रिठेपानीमा सो सामग्री वितरण गरेको हो । सो अवसरमा ५० पि ज्याकेट वितरण गरियो । डा नेत्र आचार्य को सहयोग र वडा न २७ को सहकार्य मा गरिब बिपन्न असाहाय दलित महिला लाई सो ज्याकेट वितरण गरिएको वडाध्यक्ष पूर्ण कुमार गुरुङले बताउनुभयो।

कार्यक्रममा वडा सदस्यहरु जितेन्द्र बहादुर क्षेत्री,लक्ष्मी परियार,सूर्य वाग्ले लगायतको उपस्थिति रहेको थियो ।
वडाध्यक्ष गुरुङले गरिब बिपन्न दलित महिला र अपांगलाई बेला बेलामा यस्ता राहातका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । यसअघि वडाले दशै तिहार पनि राहात बाडेको थियो ।