सामाजिक सुरक्षा कोषमा आवद्ध पहिलो गाउँपालिका फेदिखोला सम्मानित

हिमाली आवाज । अनौपचारिक सामाजिक सुरक्षा कोषमा देशकै पहिलो पटक आवद्धता जनाएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

कोषको छैटौं वार्षिकोत्सकवका अवसरमा सोमबार काठमाडौँमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी सम्मानीत हुनु भएको हो ।

फेदीखोलो जस्तै मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगन्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानरगपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका कोषमा आबद्धता रहेपनि स्याङ्जाको फेदिखोलामात्र सम्मानित भएको हो ।

सार्वजनिक निर्माणको काममा सुचिकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष ’ मार्फत टेवा पु¥याएको फेदिखोला गाउँपालिका ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ अनुसार गत असारमा आबद्धता जनाएको थियो ।

मजदुर सञ्चित कोषमा आवद्ध ७१४ जना श्रमिकलाई पालिकाको अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्धता रहेको पालिका अध्यक्ष सुबेदीले बताउनुभयो ।

पालिकाको अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमारहेका मध्ये २०१ जनाको केन्द्रको सुरक्षा कोषको सफट्वयरमा इन्ट्रि भएको र लगातार हुने सुबेदीले बताउनुभयो ।

सरकारले तोेकेको न्युनतम आधारभुत पारिश्रमीकको ९.३७ प्रतिशत पालिकाले र मजदुरको ११ प्रतिशत गरी २०.३७ प्रतिशत सामाजिक सुरक्षा कोषमा योगदान गरिएको छ ।

स्वरोजगारमा रहेका ब्याक्तीले न्युनतम परिश्रमिकको ३१ प्रतिशत देखि तीन गुणा कोषमा योगदान गरी कार्यबिधि अनुसारको सुबिधा लिन पाउने ब्यवस्था रहेको छ ।

योगदान कर्ताले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित तथा बृद्ध अवस्था सुरक्षा योजनाबाट सेवा समेत पाउने छन् ।

 

Comments
Loading...