जनतासँग माओवादी रुपान्तरण अभियान : कास्कीमा एकै पटक माओवादी केन्द्रको वडा भेला

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले जनतासँग माओवादी विशेष रुपान्तरण अयिभान अन्तर्गत एकै दिन वडा भेलाहरु सम्पन्न गरेको छ ।

माओवादीले केन्द्रीय योजना अनुसारनै भदौ १६ गतेदेखी देशभर जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालन गरिरहेको छ । सुरुमा तीन महिनाका लागि अभियान घोषणा गरिएकामा जनता र कार्यकर्ताको उत्साह बढेको भन्दै पुनः एक महिना थप गरेर आगामी पुस १५ गतेसम्मका लागि थप गरिएको छ ।

कास्कीका ७२ वडा वडाहरु मध्येमा धेरैजसोमा एकै दिन वडा भेलाहरु सम्पन्न भएका माओवादी केन्द्र कास्की जिल्लाका संयोजक केशव पौडेलले हिमाली आवाजालाई जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा भेलामा पार्टी तथा जनवर्गीय संगठनहरुको कमिटी घोषणा, संगठन विस्तार र विभिन्न रचनात्मक कार्यक्रम समेत गरिएको छ । केही वडाहरुमा ज्येष्ठ कम्युनिटहरु तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान, प्रशिक्षण तथा अन्तरक्रिया लगायतका कार्यक्रमहरु सम्पन्न हुने पौडेलले बताउनुभयो ।

जिल्ला संयोजक पौडेलले भन्नुभयो,“कास्कीका धेरै जसो वडामा एकै दिन वडा भेलाहरु सम्पन्न गरेका छौँ । अभियानले जनता र कार्यकर्तामा उत्साह थपेको । कास्की जिल्लाको पार्टी चलायमान बनाउन सहयोग पुगेको छ ।”माओवादी केन्द्र कास्कीले अभियानको बाँकी अवधिमा समेत निरन्तर जनताको घरदैलोमा पुग्ने र जनताका समस्या समाधानमा सहयोग गर्ने योजना रहेको जनाएको छ ।

माओवादीले अभियानका लागि केन्द्रीय सदस्यहरुलाई पालिका र प्रदेशका पदाधिकारी र सदस्यहरुलाई वडाहरुमा जिम्मेवारी तोकेको छ । कास्की जिल्ला सहित माछापुच्छ«े गाउँपालिकाको जिम्मेवारी इन्चार्ज नेत्रनाथ अधिकारीले पाउनुभएको छ ।

त्यसैगरी पोखरा महानगरको इन्चार्जमा पारशमिण पौडेल सहित नेताहरु देवेन्द्र पराजुली, झलकपाणि तिवारी, अतिन्द्र केशरी न्यौपाने,लोकप्रसाद भुर्तेल, निरमाया श्रीस,रामराज रेग्मी, कोमलनाथ बराल र ताराप्रसाद भुसाल खटिनुभएको छ ।

रुपा गाउँपालिकामा सतिमाया तामाङ, मादीमा धना गुरुङ र अन्नपूर्ण गाउँपालिकामा परशुराम रम्तेल अभियानको नेतृत्व गरी खटिनुभएको माओवादी केन्द्रले जनाएको छ ।

Comments
Loading...