लेखनाथ महोत्सव पुसको पहिलो साता

हिमाली आवाज । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुसको पहिलो साता देखि १९औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।

पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ५ गते देखि १६गते सम्म पोखरा २७ को तालचोकमा १९औँ संस्करणको महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको बताउनुभयो ।

विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो ।

महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी‘राजु’ले कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दिबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न महोत्सव गरिने बताउनुभयो ।

महोत्सवका विशेष कार्यक्रमहरुमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यीक कार्यक्रम, महिला विशेष तथा रितिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी रहेका छन् ।

यसैगरी आदिबासी जनजाति तथा आमा÷महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती,कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्र्सटलाईयस वर्ष पनि निरन्तरता दिईएकोे छ ।

Comments
Loading...