हिमाली आवाज । नेपाली काँग्रेस कास्कीको एक टोली भुकुम्प प्रभावित क्षेत्र तर्फ मंगलबार प्रस्थान गरेको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको नेतृत्वमा पार्टी सचिव देवेन्द्र रानाभाट सहसचिव नविन सिग्देल र जिल्ला सदस्य वावुराम गिरीको टोली नगद रकम र लत्ताकपडा सहित जाजरकोट प्रस्थान गरेको हो ।

कास्की काँग्रेसका कार्यकर्ता र शुभेच्छेकहरुबाट संकलित ८ लाख दुई हजार ८ सय ८२ रुपैया नगद र ५७ हजारको वरावरको लत्तकपाडा लिएर त्यस तर्फ प्रस्थान गरेका हुन् ।
उक्त रकम जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जाजरकोट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
टोली बुधवार जाजरकोट पुग्ने र राहत रकमतथा लत्ताकपडा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने वताइएको छ ।
गत कात्तिक महिनाको १७ गते राती ११ वजेर ४७ मिनेट जादा जाजरकोटमा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निट्युडको भुकम्प गएको हो ।