पोखरामा भोलीदेखी राष्ट्रिय औद्योगिक व्यापार मेला, सिथिल अर्थतन्त्र चलायमान बनाउने

हिमाली आवाज । देशको सिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय बिस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्धेश्यले गण्डकी प्रदेशको राजधानी सहर पोखरामा भोलीदेखी राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० सुरु हुने भएको छ ।

पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ ।

उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउँदै स्थानीय उत्पादनहरुको प्रवद्र्धन औद्योगिक व्यापार मेलाले गर्ने विश्वास लिइएको छ ।
औद्योगिक व्यापार मेला नाफामुखी नभएर पोखरा लगायत सम्पूर्ण देशको औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले बताउनुभयो ।

उहाँका अनुसार ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्नेछ ।मेलामा डोमतर्फ ५४ ,अटोका ५० र अन्य विभिन्न खालका एक सय ४६ गरी दुई सय ५० स्टल रहेका छन् ।

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनी रहेको छ ।यसैगरी दैनिक उपभोग्य वस्तु घरायसी सरसामान,लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री र प्रदर्शन रहेका छन् ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन एवं वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शन, प्रवद्र्धनको लागि विशेष स्टलको व्यवस्था रहेको सङ्घका महासचिव बलरामा आचार्यले बताउनुभयो ।

महिला उद्यमशीलता विकासकै लािग मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै स्वरोजार हुन चाहने महिलाहरुका लागि आवश्यक पर्ने मेसिनरी सामानहरुको प्रदर्शनीको पनि व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

पोखरा उद्योग वाणिज्य संघले देशमै पहिलोपटक विसं २०४२ मा औद्योगिक व्यापार मेलाको आयोजना गरेर इतिहास निर्माण गरेको थियो ।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको हातेमालोमा गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनसँगै पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसका अन्तर्गतका लक्ष्मी हुण्डाइ, समृद्धि स्टिल्स र सुजल फुड्सको मुख्य प्रायोजनमा यस वर्ष मेला आयोजना हुन लागेको बताइन्छ ।

मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु एक सय र विद्यार्थीको लागि रु ६० कायम गरिएको छ ।अवलोकनकर्ताले खरिद गर्ने रु एक सयको टिकटबाट रु १० र विद्यार्थीले खरिद गर्ने टिकटबाट रु पाँच जाजरकोट भूकम्पपीडतलाई प्रदान गरिने सङ्घले जनाएको छ ।

Comments
Loading...