नेप्सेमा तेस्रो सर्किट ब्रेकपछि कारोबारनै बन्द 

हिमाली आवाज ।नेप्से सूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो ।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ।

बुधबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।आइतबार कुल ९ मिनेट मात्रै शेयर कारोबार भएको छ।

Comments
Loading...