पोखरा—१२ को अनुकरणीयकार्य:वडा सफा राख्न सार्वजनिक स्थल र मुख्य चोकमा डस्टबिन

हिमाली आवाज ।  पोखरा महानगरपालिका –१२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय,नवीकरण भएका टोल बिकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एबम चोकहरुमा डस्टबिन,बोतलक्रेज राखेको छ ।

त्यस्तै कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो,“ वडा सफा नभईकन समग्र शहर सफा नहुने भएकाले वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेका छौँ । स्वच्छ, सफा र हराभरा महानगरको नारालाई साकार पार्न लागिपरेका छौँ ।”

गण्डकी प्रदेशको राजधानी पोखरा सुन्दर मात्र होइन । पर्यटकको पनि ओइरो लाग्छ । पर्यटकको मन खिच्न पनि शहर सुन्दर बनाउन आवस्यक छ । त्यसैले शहर सुन्दर बनाउन सबैले म भनेर आफैबाट सुरु गर्नुपर्दछ भन्नेमा आफू रहेको वडाध्यक्ष बास्तोलाले बताउनुभयो । वडाध्यक्षको अग्रसरतामा भइरहेको काममा वडाबासीले पनि साथ दिइरहेका छन् । नगर र वडा सफा राख्न स्थानीय पनि अग्रसर भएका छन् ।

Comments
Loading...